काठ बरामद

  Sampatti News

December 26, 2020

काठमाडौँ। वन कर्मचारीको गस्ती टोलीले सिरहाको गोलबजार–३ गोलामुक्सारबाट काठ बरामद गरेको छ । सबडिभिजन वन कार्यालय गोलबजार चोहर्वाबाट खटिएको प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा ४० थान साखुको चिरान काठ बरामद गरेको हो ।

लुकाइछिपाइ राखेको अवस्थामा शुक्रबार उक्त काठ बरामद भएको सबडिभिजन वन कार्यालय गोलबजारका फोरेष्टर कासिन्द्र यादवले जानकारी दिनुभयो । बरामद काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लहान पठाएको उहाँले बताउनुभयो । बरामद काठ कसको र के प्रयोजनका लागि राखेको अझै खुल्न नसकेको जनाइएको छ ।

प्रकाशित मिति:December 26, 2020