जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  Sampatti News

December 27, 2020

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसादराई गाउँपालिका-६ खोलाखर्क बस्ने २८ वर्षीय प्रकाश पाण्डेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पाण्डेले ती बालिकालाई पुस ४ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:December 27, 2020