मृत मृग सहित बस चालक पक्राउ

Nepal Cover
१२ पुष २०७७, आईतवार
image

मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार चोकबाट मरेको मृग सहित काभ्रे भुम्लु गाउँपालिका–९ बस्ने ३६ वर्षीय राम कृष्ण थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक चौताराबाट आउदै गरेको बा.भित्र लुकाइ ल्याएको मरेको मृग फेला पारी बस चालक थापालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।