एकनाले भरुवा बन्दुक सहित पक्राउ

Nepal Cover
१२ पुष २०७७, आईतवार
image

तनहुँ, घिरिङ गाउँपालिका–३ न्युपानेबाट १ थान एकनाले भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने ५० वर्षीय रोम बहादुर थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सिलिङ सहितको एकनाले भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले फेला पारी थापालाई पक्राउ गरेको हो ।