अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित पक्राउ

Nepal Cover
१२ पुष २०७७, आईतवार
image

बाजुरा,खप्तड छेडेदह गाउँपालिका-२ माटेसाघु बस्ने ७१ वर्षीय सेते कटुवाललाई करिब ८ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ र लिची नामक ३ पेटी अवैध मदिरा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कटुवालको सोही ठाउँस्थित किराना पसलमा प्रहरी चौकी काँडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अवैध सामान सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।