सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

  Sampatti News

December 27, 2020

मोरङ, सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-१४ बस्ने ३८ वर्षीय तुलसी महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङको २०६७ असोज १३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ बर्ष कैद सजाय भई फरार रहेका महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका–८ जिल्ला अदालत छेउबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत मोरङमा बुझाइने उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:December 27, 2020