बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई यल्लो प्यगोडा होटलमा १५ प्रतिशत छुट

Nepal Cover
१२ पुष २०७७, आईतवार
image

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यगोडा होटल बिच बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्गको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १५% छुट र रु.३,५००.०० मा होटलको कोठा उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले यल्लो प्यगोडा होटलको सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाईल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा होटलको कोठा रु ३,५०० शुल्कमा उपभोग गर्न पाउने तथा अन्य सुविधाहरुमा वास्तविक मुल्यको १५% छुट पाउन सकिने छ । यल्लो प्यगोडा होटलले काठमाण्डांै र पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख श्री अमर राजभण्डारीज्यू र यल्लो प्यगोडा होटलको महाप्रबन्धक श्री अर्जुन केशीज्यूूले हस्ताक्षर गर्नुभयो ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।