कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको जस दिनु गलतः शंकर पोखरेल

Nepal Cover
१७ पुष २०७७, शुक्रबार
image

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङ अन्त्यको जस कुलमान घिसिङलाई दिनु नितान्त गलत भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले लोडसेडिङको अन्त्य घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको दाबी गरेका छन् ।

उनले दुई सय ५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्य गरेको बताए। कुलमान घिसिङले विद्युत चुहावट मात्र नियन्त्रण गरेको उनको भनाई छ। मुख्यमन्त्री पोखरेलले लोड्सेडिङ अन्त्यको आधार प्रधानमन्त्री ओलीले तय गरेको दाबी गरे। यद्यपी लोडसेडिङ अन्त्य भने कुलमानको कार्यकालमा मात्र थियो । आजभोली हरेक दिन उपत्यकामै कहि न कतै समय समयमा लाइन गएकै हुन्छ ।