भक्तपुरमा नेकपा प्रचण्ड–माधब पक्षको ठुलो नगर स्तरिय भेला

  Sampatti News

January 7, 2021

भक्तपुर । नेकपाभक्तपुरले सुर्यबिनायक नगरस्तरीय एक बृहत कार्यकर्ता भेला सम्पन्न गरेको छ। पार्टीमा स्पष्ट दुई ध्रुव देखिए पछि विभिन्न जिल्लामा फरक–फरक कार्यक्रम गर्दै आआफ्नो धारणा कार्यकर्ता बीच लैजाने सन्दर्भमा भक्तपुर जिल्लामा पनि प्रचण्ड माधब समुहका नेताहरूले आफ्नो बिचार आम कार्यकर्ता हुँदै जनमानसमा लैजाने क्रमलाई तीब्र बनाएका हुन् । भक्तपुर क्षेत्र न २ का माननीय महेश बस्नेतले आफ्नो वर्चस्व रहेको दाबी गरिरहेको बेला प्रचण्ड नेपाल समुहका नेताहरू पछिल्लो समय आफ्नो पक्षमा जनमत श्रृजना गराउन लागी परेका छ्न।

जिल्लामा सक्रियता देखाउने अभियानमा लागेका सो समुहले ठुलो समूहको सहभागितामा नगर स्तरीय कार्यकर्ता भेला गराएको पुर्ब युवा संघका नेता दिपक थापाले सम्पत्ति न्युजलाइ बताए। आज भएको सो कार्यकर्ता भेलालाई नेकपा केन्द्रिय सदस्य दिलिप प्रजापति भक्तपुरका प्रदेश संसद राजेन्द्रमान श्रेष्ठकेन्द्रिय सदस्य डिपि ढकाल पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष धुर्बराज बिष्ट प्रदेश सदस्य देबेन्द्र श्रेष्ठ ,जिल्ला कमिटी सदस्यहरु रजन के सि,अनिल श्रेष्ठ, युवा नेता दिपक थापा लगायतका नेताहरूले प्रशिक्षण दिनु भएको थियो। कार्यक्रममा ५०० जना भन्दा बढी अगुवा कार्यकर्ता सहभागी जनाएका थिए। प्रशिक्षण कार्यक्रममा कम्युनिस्ट पाटीमा निति र बिचार प्रमुख रहेको कुरालाई जोडदिँदै बिधिलाई स्थापित गराउन आफुहरु लागी पर्नुपर्ने कुरालाई प्राथमिकताका साथ उठाइएको थियो। यतिबेला संविधानलाई घाइते बनाइ कोमामा पुर्याइएको सन्दर्भलाई उल्लेख गर्दै यसलाई बचाउन सबै नागरिकको कर्तव्य भएकोले आम भक्तपुर वासी जगाउन कार्यकर्तालाई निर्देशन दिइएको थियो।आफ्नो न्यायोचित मागलाई बेवास्ता गरिए नतिजा राम्रो नआउने भन्दै आबश्यक परे हतियार समेत उठाउन सकिने बताइएको थियो । यो बिचार र निष्ठा सहित बिधिको लडाइँमा साथ दिन आम जनमानसमा जान सबै वक्ताहरूले सहभागीलाई आग्रह गर्नुभएको थियो। जीवन तजको अध्यक्षता भएको कार्यक्रममा दिपक बिसुन्खेले संचालन गर्नुभएको थियो।

प्रकाशित मिति:January 7, 2021