नक्कली भ्याटबिल प्रयोग गरी राजस्व छल्ने बाराका अमिरी ठाकुर विरुद्द मुद्दा

Nepal Cover
५ माघ २०७७, सोमबार
image

काठमाडौं । राजस्व अनुसन्धान विभागले बाराका अमिरी ठाकुर विरुद्द मुद्दा दर्ता गरेको छ । विभागले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छलेको आरोपमा ठाकुरविरुद्ध मुद्दा दर्ता गरको हो । विभागले ठाकुर विरुद्ध बिगो र कैद सजाय माग राखेर ६ करोड ५२ लाख रुपैयाँ सहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

ठाकुरले शुलभ ट्रेड कन्सर्नको नामबाट नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छलेको खुल्न आएपछि विभागले मुद्दा दर्ता गरेको जनाएको छ । उनले आर्थिक वर्ष २०६८–८९ देखि २०७३–७४ सम्म नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छलेका थिए ।

आन्तरिक राजस्व विभागको विवरण हेर्दा ठाकुरको कम्पनी २०७०÷७१ देखि आयकरमा तथा भ्याटमा २०७१÷७२ देखि ननफाइलर रहदै आएको छ ।