नियन्त्रित लागूऔषध सहित पक्राउ

  Sampatti News

January 31, 2021

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध १६ ट्याब्लेट नाईट्राभेट र १४ ट्याब्लेट स्पासमो सहित रुपन्देही सिद्धार्थ नगरपालिका–२ बस्ने ३२ वर्षीय आसुतोष थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु.१ प ४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार आसुतोषलाई लुकाई ल्याएको उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, सुनवर्सी नगरपालिका–८ डाईनिया बजारबाट नियन्त्रित लागूऔषध ९८ क्याप्सुल ट्रामाडोल र ११ ट्याब्लेट नाईट्राभेट सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–६ बस्ने १९ वर्षीय सुरज आले मगर, १९ वर्षीय आषिश चन्द्रबंशी र १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:January 31, 2021