आज (नेकपा) दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक

Nepal Cover
१९ माघ २०७७, सोमबार
image

काठमाडौँ । (नेकपा) दाहाल–नेपाल पक्षले आज सोमबार स्थायी कमिटी बैठक आह्वान गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहान ११ बजेका लागि बैठक बोलाएको जानकारी दिए।

बैठक बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्ने छ। यसअघि पुस ७ र ९ गते सोही पार्टी प्यालेसमा यो पक्षको केन्द्रीय कमिटी बैठक बसेको थियो।

उक्त बैठकले ओलीलाई आफ्नो पार्टीको अध्यक्षबाट हटाएर रिक्त स्थानमा माधवकुमार नेपाललाई नियुक्त गरेको थियो। तर निर्वाचन आयोगले यो वैधानिक नभएको ठहर गरिसकेको छ।पुस पाँच गते खड्क ओलीले संसद विघटन गरेपछि त्यसको विरुद्धमा यो पक्षले सडक संघर्षलाई निरन्तरता दिइरहेका बेला केन्द्रीय कमिटी बैठक बोलाइएको हो।श्रेष्ठका अनुसार समसामयीक विषयमै बैठक केन्द्रित हुनेछ।