बलजफ्तीको निर्वाचनले देश समृद्धितर्फ होइन, द्वन्द्वमा होमिएको छः प्रचण्ड

Nepal Cover
४ फाल्गुन २०७७, मंगलवार
image

चितवन– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बलजफ्ती निर्वाचन गर्न खोजे देश अराजकतातिर जाने बताएका छन् ।

मंगलबार चितवनको भरतपुरमा प्रेस संगठन नेपालले गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरेका अवस्थामा हुने चुनाव असंवैधानिक र अलोकतन्त्रिक मानिने बताउँदै प्रचण्डले भने ‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना नगरेको खण्डमा हुने चुनाव असंवैधानिक, अवैधानिक र अलोकतान्त्रिक मानिनेछ, केही मानिसले नेपालमा पनि बंगलादेशकै मोडलमा चुनाव गराउन खोजिएको भनिरहेका छन्। यो अवस्थामा हुने चुनावले देशमा शान्ति होइन, अराजकता ल्याउँछ, यसले द्धन्द्धको सिर्जना हुन्छ।’

जवरजस्ती देशलाई चुनावतर्फ लगिएमा दक्षिणपन्थी र वामपन्थी अतिवाद हाबी हुने प्रचण्डले बताए । ‘प्रतिनिधिसभा पुनःस्थापना नभइ देश चुनावतिरगएमा मैले नेतृत्व गरेको पार्टीले के गर्ला भन्‍ने कुरा मेरो भनाइबाटै यहाँहरूले बुझिसक्नुभएको हुनुपर्छु,’ उनले भने, जवरजस्ती देशलाई चुनावतर्फ लगिएमा दक्षिणपन्थी र वामपन्थी अतिवाद हाबी हुनेछ। जसले देशलाई अराजकतातर्फ लाने निश्चित छ।’