पूर्वमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

Nepal Cover
१९ फाल्गुन २०७७, बुधबार
image

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ ।

बाँस्कोटाका पिता हरिप्रसाद बाँस्कोटाको आज ९२ वर्षको उमेरमा निधन भएको हो ।

उनको काभ्रेको मण्डनदेउपुर नगरपालिका ४ मा घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका ४ छोरा र ३ छोरी छन् । जसमध्ये गोकुल बाँस्कोटा कान्छा हुन् ।