बाढी र डुवानका कारण १८ घर परिवार प्रभावित
काठमाण्डौ । बाढी र डुवानका कारण झापाका विभिन्न ठाउँमा गरी १८ घर परिवार प्रभावित भएका छन् । प्रभावितमध्ये आठ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । अस्ति सोमवार रातिदेखि परेको पानीले कचनकवल–५ खुट्टागञ्जका चार घर परिवार प्रभावित भएका प्रहरीले जनाएको छ । कुञ्जी राजवंशीको तीन जनाको परिवार पूर्णरुपमा विस्थापित भएका छन् । उनीहरु स्थानीय प्रभा राजवंशीको घरमा आश्रय लिएर बसेका छन्…
सम्पत्ती न्यूज
६ असार २०८१, बुधबार