काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । अघिल्लो कारोबार बिहीबार ०दशमलव३१ अंकले बढेर २५४४दशमलव९१ विन्दुमा उक्लिएको नेप्से परिसूचक आइतबार ५दशमलव१५ अंकले घटेर २५४०दशमलव५७ अंकमा झरेको छ । नेप्सेमा सामान्य अंकले गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ । बिहीबार ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँको…