लुम्बिनी प्रदेश सरकारले ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाइकल प्रदान गरे
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाइकल प्रदान गरेका छन् । विहीबार बुटवलस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायलाई हस्तान्तरण गरे । मोटरसाइकलहरू आवश्यकता अनुसार प्रदेशका जिल्लाहरूमा वितरण गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।मन्त्रालयले…
सम्पत्ती न्यूज
१९ श्रावण २०७९, बिहीबार