नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो । उनलाई आगामी ३ वर्षका लागि नेप्सेको सीईओ नियुक्त गरेको हो । झापाका चापागाईंले लामो समय सानिमा बैंकमा आवद्ध रहेर काम गर्नुभएको छ । हाल उहाँ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर समेत हुनुहुन्छ…
सम्पत्ती न्यूज
१८ चैत्र २०८१, मंगलवार