चितुवाको छाला र हड्डीसहित पक्राउ
चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरन पुन, आदर्श गाउँपालिका–५ लामीखालका ३५ वर्षीय वीरबहादुर धामी र २२ वर्षीय योगेन्द्र धामी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । प्रहरीलाई कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा बिक्री गरिरहेको भन्ने गोप्य सूचना आएपछि प्रहरीले उनीहरुलाई चितुवाको छाला र हड्डीसहित पक्राउ गरेको…
सम्पत्ती न्यूज
११ पुष २०७७, शनिबार