अस्ट्रेलियामा ३५० केजीको विशाल गोही भेटियो
काठमाडौँ । अस्ट्रेलियाको निकै लोकप्रिय पर्यटकीय उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले एउटा विशाल गोही फेला पारेका छन् । वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो र करिब ३५० केजी तौलको रहेको बताएका छन् । क्याथारिन वन्यजन्तु संरक्षण केन्द्रका वरिष्ट वन्यजन्तु अधिकृत जोन बर्कले फ्लोरा नदीमा विशाल भाले गोही फेला परेको जानकारी दिए । यो गोही यस क्षेत्रमा भेटिएको हालसम्मकै सबैभन्दा ठूलो…
सम्पत्ती न्यूज
१९ भाद्र २०७७, शुक्रबार