बालविवाह रोक्न विवाहका लागि वडाको सिफारिस अनिवार्य
जुम्ला । बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ। वडाध्यक्ष जङ्गबहादुर रोकायाले उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि सो वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको जानकारी दिए । वैशाखदेखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने वडाध्यक्ष रोकायाले बताए ।…
सम्पत्ती न्यूज
१५ माघ २०८०, सोमबार