म्याग्दीको रत्नेचौर गाउँको तोरीबारीमा टिकटक बनाउनेको भीड
म्याग्दी, केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका-१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ। कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ। कात्तिक-मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस/माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र…
सम्पत्ती न्यूज
२१ पुष २०८१, आईतवार