तोलामा १४ सय रूपैयाँले बढ्यो सुनको भाउ
काठमाण्डू, बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा तोलामा १ हजार ४ सय रूपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ५१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेर तोलाको १ हजार ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सम्पत्ती न्यूज
१७ पुष २०८१, बुधबार