महाशाखाबाट विभाग महानिर्देशकको जिम्मेवारीमा अधिकारी
काठमाडौँ-सह-सचिव तारानाथ अधिकारी पर्यटन विभागको महानिर्देशकमा नियुक्त भएका छन् । मन्त्रालयकै प्रशासन तथा योजना महाशाखा प्रमुख रहेका अधिकारीलाई विभागको महानिर्देशकमा पठाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङको प्रदेश मन्त्रालयमा सरुवा भएसँगै उक्त पद रिक्त रहेको थियो । अधिकारीलाई मन्त्रालयकै प्रशासन तथा योजना महाशाखा प्रमुख पदमा रहेका थिए ।
सम्पत्ती न्यूज
२१ आश्विन २०७८, बिहीबार