उपत्यकामा थप ९४३ जनामा संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८ सय १७ जना, भक्तपुरमा ५९ र ललितपुरमा ६८ जना कोरोना संक्रमित थपिएका हुन्। बिहीबार देशभर १ हजार ९ सय ११ जनामा कोरोना पुष्टि भएको छ।
सम्पत्ती न्यूज
१५ आश्विन २०७७, बिहीबार