दलीय सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि सरेको छ । यसअघि दिउँसो १ बजेको लागि प्रतिनिधिसभाको बैठक तय थियो । संसद्मा प्रतिनिधित्व गर्ने दलबीच सहमति नजुटेपछि बैठक २ घण्टापछि सरेको हो । संसद् सचिवालयले सूचना जारी गर्दै संघीय संसद्को बैठक दिउँसो ३ बजेको लागि सरेको जनाएको छ।
सम्पत्ती न्यूज
१५ जेष्ठ २०८१, मंगलवार