आज नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक बस्दै
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक आज बस्दैछ । बैठक तिनकुेनस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।आजको बैठकमा भोलि हुने केन्द्रीय कमिटीको बैठकमा उठाउने एजेन्डाबारे छलफल हुनेछ । यस्तै भोलि केन्द्रीय कमिटी बैठक कार्की ब्याङकेटमा र १३ र १४ गते केन्द्रीय परिषद्को बैठक प्रज्ञा प्रतिष्ठानमा बोलाइएको उनले बताए ।
सम्पत्ती न्यूज
१० असार २०७९, शुक्रबार