मंगलबार उपत्यकामा ६२ जनामा कोरोना पुष्टि
काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोनाभाइरस पुष्टि भएको छ। संक्रमितमा काठमाडौँका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन्। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकाका ६२ सहित २ सय ५९ जना संक्रमित थपिएको जानकारी दिए।
सम्पत्ती न्यूज
२० श्रावण २०७७, मंगलवार