बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दै छ । उक्त बैठक दिउँसो १ बजेका लागि तय भएको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे एघार बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो । सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूची तय हुने…
सम्पत्ती न्यूज
७ पुष २०७८, बुधबार