नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले युक्रेनबाट पाठ सिकेर सबै छिमेकीसँग नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्ने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) भक्तपुर नगर समितिले आज आयोजना गरेको भेलामा उहाँले विश्वमा समाजवादी शक्ति पहिलेभन्दा अघि बढ्न सक्ने परिस्थिति बन्दै गएको बताउनुभयो । नयाँ संविधानअनुसार सम्पन्न निर्वाचनमा दुईवटा कम्युनिष्ट पार्टीहरू एकताबद्ध भएर अगाडि बढ्ने अवसर जुट्यो र त्यो अवसरका…