आज मन्त्रिपरिषद् बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यससँगसँगै आजको बैठकबाट केही नियुक्ति, बढुवा लगायतका महत्वपूर्ण निर्णय पनि हुन सक्ने सचिवालयले जनाएको छ।
सम्पत्ती न्यूज
२१ माघ २०८१, सोमबार