उम्मेदवार बन्न सघाएको भन्दै एक दलित युवकको हत्या
काठमाडौं - स्वतन्त्र उम्मेदवारी दिन सघाएको निहुँमा सप्तरीको खडक नगरपालिका-४ मा एक दलित युवकको हत्या भएको छ ।आसन्न स्थानीय निर्वाचनका लागि सोही नगरपालिकाको ४ नम्बर वडाअध्यक्षमा स्वतन्त्रबाट महादेव पासवानले मनोनयन दर्ता गराएका थिए । उनलाई उम्मेदवार बन्न सघाएको भन्दै त्यही दिन राति स्थानीय २५ वर्षीय सन्तलाल पासवानमाथि आक्रमण गरियो । स्थानीयका अनुसार रडको आक्रमणबाट सन्तलालको टउकोमा गम्भीर चोट लागेको थियो…
सम्पत्ती न्यूज
१४ बैशाख २०७९, बुधबार