कांग्रेसले बोलायो पदाधिकारी बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । मध्यरातमा एकालेसँग मिलेर सरकार बनाउने सहमतिभएसँगै देउवाले छलफलका लागि पदाधिकारी बोलाएका हुन् । बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ । बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
सम्पत्ती न्यूज
१९ असार २०८१, मंगलवार