विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. न्यौपाने
चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिको अध्यक्ष पदमा डा.विजयराज न्यौपाने नियुक्त भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ । उनी सो अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत छन् । नवनियुक्त अध्यक्ष डा.न्यौपानेले अस्पताललाई क्यान्सरसम्बन्धी थप जनचेतना जगाउने, उपचार गर्ने, अध्यापन गराउने अनुसन्धानसँगै क्यान्सरको क्षेत्रमा देशकै मुख्य थलोकाे रूपमा विकास गर्ने जानकारी दिए…
सम्पत्ती न्यूज
२१ चैत्र २०७९, मंगलवार