आइतबार थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १ सय २२ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ९ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ।
सम्पत्ती न्यूज
४ आश्विन २०७७, आईतवार