एमाले सचिवालय बैठकः गुरु बराल उपाध्यक्षमा मनोनीत
काठमाडौं । नेकपा (एमाले)ले सुवासचन्द्र नेम्बाङको निधनपछि रिक्त रहेको पदमा गुरु बराललाई मनोनीत गरेको छ । आज बिहीबार बसेको सचिवालय बैठकले रिक्त रहेको सो पदमा बराललाई नियुक्त गरेको हो । बराल यसअघि स्थायी कमिटी सदस्यको जिम्मेवारीमा थिए । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
सम्पत्ती न्यूज
१७ श्रावण २०८१, बिहीबार