दुई गाउँ प्रहरी सेवाबाट निकालिए
ऐसेलुखर्क गाउँपालिकामा कार्यरत दुईजना गाउँ प्रहरीलाई सेवाबाट हटाइएको छ । विसं २०७६ फागुन १४ गतेदेखि कार्यरत दुई गाउँ प्रहरीले कार्यसम्पादनमा चित्त बुझ्दो काम नगरेकाले उनीहरुलाई सेवाबाट हटाइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले जानकारी दिनुभयो । तीन गाउँ प्रहरी भर्ना गरिएको उक्त गाउँपालिकामा हाल एक जनामात्रै कार्यरत छन् । दुई हटाइएसँगै रिक्त बनेको दरबन्दीमा नयाँ गाउँ प्रहरी भर्नाका लागि विज्ञापन खुलाउने तयारी…
सम्पत्ती न्यूज
२४ फाल्गुन २०७८, मंगलवार