कार्यसम्पादन मूल्याङ्कनमा दिक्तेल रुपाकोट मझुवागढी पहिलो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो भएको छ । आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी ७५.१८ अङ्क ल्याएर दिक्तेल रुपाकोट पहिलो भएको हो । ६३.०७ अङ्क ल्याएर हलेसी तुवाचुङ नगरपालिकाले दोस्रो, ६२.२० अङ्कसहित बराहपोखरी तेस्रो, ५८.३८ अङ्कसहित खोटेहाङ चौथो, ५७.०२ अङ्कसहित साकेला पाँचौँ, ५६.३६ अङ्कसहित रावाबेँसी छैटौँ, ५१.३४ अङ्कसहित…
सम्पत्ती न्यूज
२४ फाल्गुन २०७८, मंगलवार