धोबी खोलामा पुरुषको शव फेला
काठमाडौं । धोबी खोलामा एक जनाको शव भेटिएको छ । सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र शव निकालेर पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
सम्पत्ती न्यूज
२४ जेष्ठ २०७९, मंगलवार