मन्त्री र विद्यार्थीको नेतृत्व टुङ्ग्याउन पेरिसडाँडामा बैठक
काठमाडौँ-नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक पेरिसडाँडामा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै ३ बजे बैठक सुरु भएको हो । आजको बैठकले सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउने बताइएको छ । बैठकले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षको समेत टुंगो लगाउने स्रोतले बताएको छ ।
सम्पत्ती न्यूज
१६ आश्विन २०७८, शनिबार