परराष्ट्रमा खनाल सहित तीन जना सहसचिवमा बढुवा
काठमाडौं । लोक सेवा आयोगले परराष्ट्र मन्त्रालयको खुला सहसचिवमा बढुवाका लागि ३ जना महिलालाई सिफारिस गरेको छ । आयोगले प्रकाशित गरेको अन्तर्वार्ताको नतिजाअनुसार उपसचिवहरू ईला मैनाली, रोशन खनाल र रोजिना ताम्राकारको नाम सहसचिवमा बढुवाका लागि सिफारिस भएको हो । परराष्ट्र मन्त्रालयको सहसचिवका लागि लिखित परीक्षाबाट ५ जनाको नाम छनोट भएको थियो । सहसचिवको वैकल्पिकमा मोतिबहादुर श्रीसको नाम सिफारिस भएको छ…
सम्पत्ती न्यूज
२ फाल्गुन २०८१, शुक्रबार