देशमा अन्तरिम सरकारको बिकल्प छैन पूर्वमन्त्री : प्रभु साह
रौतहट १५ पुस। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले देशलाई संकटबाट निकास दिन अन्तरिम सरकार गठनको बिकल्प नभएको बताएका छन्।गृह नगर रौतहटको मौलापुरमा आम जनता पार्टीको भात्री संगठन आईटी आर्मीको तेस्रो राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री साहले उक्त विचार राखेका हुन्।बर्तमान संवैधानिक व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको बिकल्प छैन…
सम्पत्ती न्यूज
१५ पुष २०८०, आईतवार