पर्वत अस्पतालमा कार्यरत ५ स्वास्थ्यकर्मीमा देखियाे कोरोना
काठमाडौँ । गण्डकी प्रदेशको पर्वत अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।राष्ट्रिय प्रयोगशाला टेकु अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाले जानकारी दिनुभएकाे हाे । संक्रमण देखिएपछि अस्पतालको इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरिएको छ । अर्को सुचना नआउँदासम्म सेवाहरू बन्द हुने डा देवकोटाले बताएका छन् ।
सम्पत्ती न्यूज
५ असार २०७७, शुक्रबार