नेपालको संविधानको दोस्रो संशोधन विधेयक राष्ट्रपतिद्धारा प्रमाणितः अब अनुसूची ३ मा नयाँ नक्सा सहितको निशान छाप
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको हो । अब नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा रहनेछ । संविधान संशोधन विधेयक दुवै सदनबाट सर्वसम्मतिले पारित भएको थियो ।
सम्पत्ती न्यूज
४ असार २०७७, बिहीबार