पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। घटेको मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ। भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो। जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ रुपैयाँ…
सम्पत्ती न्यूज
३२ श्रावण २०८१, शुक्रबार