रास्वपाले मुकुल ढकाललाई सोध्यो २४ घण्टे स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नआए पार्टीबाटै निष्कासन गर्ने चेतावनी

  Sampatti News 2024

August 14, 2024

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निष्कासित महामन्त्री मुकुल ढकाललाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

पार्टीले ढकाललाई २४ घण्टाभित्र चित्त बुज्दो स्पष्टीकरण दिन भनेको छ ।

उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पनि भनिएको छ ।

पार्टीले ढकाललाई चित्त बुझ्दो स्पष्टिकरण नदिए पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने चेतावनी दिएको छ ।

पार्टीले सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ – “पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो ? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सुचित गरिन्छ । ,”

विभिन्न सञ्चारमाध्यममा आएका धारणाका आधारमा स्पष्टीकरण सोधिएको छ । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले काटेको पत्रमा मुकुललाई कोट गर्दै लेखिएको समाचारका लिंकहरुसमेत पठाइएको छ ।

प्रकाशित मिति:August 14, 2024