प्रधानमन्त्रीको गृह जिल्लामा तिमल्सिना
काठमाडौँ । प्रधानमन्त्रीको गृह जिल्ला झापामा काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रवण कुमार तिमिल्सिना नियुक्त भएका छन् । तत्कालीन प्रजिअ उदयबहादुर राना मगर महावाणिज्यदूतको सिफारिस भएपछि रिक्त पदमा तिमिल्सिनालाई सरुवा गरिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार काभ्रेपलान्चोकको प्रजिअमा सल्यानका प्रजिअ शिवराम पोखरेलाई ल्याइएको छ भने उनको ठाउँमा मन्त्रालयका सहसचिव हेमराज तामाङलाई प्रजिअ बनाइ पठाइएको छ ।
सम्पत्ती न्यूज
१४ भाद्र २०७७, आईतवार