काेराेनाका कारण थप एक जनाकाे मृत्यु : संक्रमणबाट मृत्यु हुनेकाे संख्या १४ पुग्याे
पोखरा । कोरोना भाइरसका कारण स्याङ्जाका एकजना पुरुषको पोखरामा मृत्यु भएको छ । संक्रमण पश्चात पोखरास्थित गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका उनको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । उनको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।स्याङ्जा वालिङका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको आइतबार साँझ मात्रै पुष्टि भएको…
सम्पत्ती न्यूज
२६ जेष्ठ २०७७, सोमबार