काठमाडौँ-औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । औषधि आयात तथा खरिदमा अख्तियार दुरुपयोग गरेको भन्दै महानिर्देशक भट्टराईविरुद्ध उजुरी परेको हो। गुणस्तरहीन भारतीय लाइफ सेभिङ ड्रग्सलाई नेपाल ल्याउन करोडौँ रुपैयाँको लेनदेनगरी जनस्वास्थयमा सम्झैता गर्दै भ्रष्टाचार गरिएको उजुरी पत्रमा उल्लेख गरिएको छ । पार्थ फर्माका सचिन खण्डेवालसँग मिलेमतोमा गुणस्तर हिन औषधी नेपाल ल्याएर आईसीयूमा रहेका बिरामीहरुको…