एकीकृत समाजवादीको प्रमुख सचेतकमा सरला यादव नियुक्त
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सांसद सरला यादवलाई प्रतिनिधिसभाको प्रमुख सचेतक बनाउने भएका छन्। शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले यादवलाई प्रमुख सचेतक बनाउने निर्णय गरेका छन् ।यसअघिका प्रमुख सचेतक जीवनराम श्रेष्ठ मन्त्री बनेपछि रिक्त स्थानमा यादवलाई नियुक्त गर्ने निर्णय भएको हो । त्यस्तै बैठकले एकीकृत समाजवादीको सुदूरपश्चिम अध्यक्षमा हर्कबहादुर सिंहलाई नियुक्त गर्ने निर्णय गरेका थिए।
सम्पत्ती न्यूज
२४ असार २०७९, शुक्रबार